बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकार जोखिमपूर्ण अवस्थामा छ : सांसद जबरा

आइतबार, २४ वैशाख २०८०, १५ : १२
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् । आइतबार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे ।   

देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको उनले बताए ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उनले उल्लेख गरे । 

सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप