सनी देओलका छोराले विवाह गर्न लागेकी दृशा को हुन् ?

बलिउड अभिनेता सनी देओलका जेठो छोरा अभिनेता करण देओलले आफ्नी प्रेमिकासँग विवाह गर्दै छन् । केही दिन अघि इन्गेजमेन्ट गरेका करणको विवाह मिति पनि सार्वजनिक भइसकेको छ ।
करण र दृशा आचार्य पछिल्लो ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । यी दुईले गत फेब्रुअरीमा इन्गेजमेन्ट गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार करण र दृशाको विवाह १६ जूनदेखि १८ जूनसम्म हुनेछ । यसै वर्ष दुबईमा भ्यालेन्टाइन्स डे मनाएपछि यी दुईले १८ फेब्रुअरीमा इन्गेजमेन्ट गरेका थिए । परिवारले यसलाई गोप्य राख्ने निर्णय गरेका थिए ।
दृशा, सुमित आचार्य र चिमु आचार्यकी छोरी हुन् । उनका पिता सुमित बीसीडी ट्राभल युएईका प्रबन्ध निर्देशक हुन् आमा वेडिङ प्लानरका साथै स्टाइलिस्ट हुन् । रिपोर्टका अनुसार दृशा पनि आफ्नी आमासँगै काम गर्छिन् । उनी नेशनल प्रोग्राम म्यानेजर हुन् । उनका एक भाइ पनि छन् । उनको नाम रोहन आचार्य हो ।
करणको कुरा गर्ने हो भने उनले आफ्ना बुवाले झैँ बलिउडमा कदम राखिसकेका छन् । उनले सन् २०१९ मा फिल्म ‘पल पल दिल के पास’ बाट बलिउडमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : चम्किला ज्याकेट लगाएका मान्छेको आतंकदेखि अध्यादेश अलपत्रसम्म
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली