समीक्षा भन्छिन् : म गलत थिइनँ, माया लागेर बयान फेरेँ
आइतबार, २४ वैशाख २०८०, १२ : ४०
१

काठमाडौंँ । गायिका समीक्षा अधिकारीले आफू गलत नभएको बताएकी छन् । गायिका अधिकारीले आफू गलत नभएपनि माया लागेर बयान फेरेको अभिव्यक्ति दिएकी हुन् ।
एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो सुरक्षाका लागि उजुरीमा गएको र पछि माया लागेकोले अदालतमा बयान फेरेको बताएकी हुन् ।
‘उहाँको टिमबाट मार्ने धम्की, दिनदिनै टर्चर गरेकोले मुद्दा हालेकोे थिएँ’, उनले अगाडि भनेकी छन् ‘आफ्नो सुरक्षाका लागि त्यो निर्णय गरेको हो ।’ त्यो समय आफ्नो दिनमै ५ वटा गीत रेकर्ड हुने बताएकी उनले टर्चरका कारण डिप्रेसनको स्थिति पनि आएको खुलाएकी छन् । अन्तरवार्तामा उनले भनेकी छन्, ‘मलाई यसले ठुलो रुप लिन्छ भनेर थाहा पनि थिएन । यति हो कि म गलत छैन ।’
उनकै बयानका आधारमा बलात्कार अभियोगमा अभियुक्तले सफाइ पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण