पोखरीमा डुबेर जनकपुरमा जुम्ल्याहा दाजुभाइको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा पोखरीमा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब सवा ७ बजेको समयमा नुहाउने क्रममा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपमहानगरपालिका–२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडि रहेको पोखरीमा दुवै बालक डुबेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जनाएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ जिरोमाईलस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले उनीहरूलाई पोखरीबाट निकालेको थियो । प्रहरीले पोखरीबाट निकालेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा लगे पनि चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेका थिए ।उनीहरूको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु