शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्रिमण्डल हेरफेर : महिला मन्त्रालयमा कांग्रेसका आचार्य, खानेपानीमा महिन्द्रा रायको सरुवा

आइतबार, २४ वैशाख २०८०, ०९ : ४४
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तार र हेरफेर गरेका छन् । 

आइतबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । त्यसै गरी यसअघि उक्त मन्त्रालयको जिम्मेवारीमा रहेका महिन्द्र राय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

नवनियुक्त मन्त्रीको आजै राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ कार्यक्रम राखिएको शीतल निवास स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप