बेलायतमा परराष्ट्रमन्त्रीले भेटे राजा र प्रधानमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले बेलायती राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग भेटवार्ता गरेका छन् । शनिबार बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलाको शुभराज्याभिषेक कार्यक्रममा सहभागी भएका साउदले उच्चस्तरीय भेटवार्ता गरेका हुन् ।
परराष्ट्रमन्त्री साउद राज्याभिषेक कार्यक्रमको अवसरमा राजा चार्ल्स तृतीयद्वारा विश्वका विभिन्न मुलुकबाट आएका आफ्ना पाहुनाहरूको सम्मानमा आयोजित रात्रि भोजमा सहभागी भएका थिए । रात्रि भोज बकिङ्घम दरबारमा आयोजना गरिएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री साउदले बेलायती राजा चार्ल्स तृतीय, राजपरिवारका अन्य सदस्य र प्रधानमन्त्री ऋषि सुनकलगायतसँग भेटवार्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा मन्त्री साउदले विभिन्न विषयमा कुराकानी गरेका थिए ।
उक्त अवसरमा मन्त्री साउदले विश्वका विभिन्न देशबाट आएका राजनीतिज्ञ र मन्त्रीहरूसँग पनि कुराकानी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता