खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीलाई
शनिबार, २३ वैशाख २०८०, २० : ५१

विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराँते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न प्रतियोगितामा सुनसरीले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसहित उपाधि जितेको हो ।
प्रतियोगिताको द्वितीय भारतको दार्जिलिङ भयो । दार्जिलिङले ३ रजत र ३ कांस्य पदक हात पारेको छ । तृतीय भुटान भयो । भुटानले २ रजत र ३ कांस्य पदक जितेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिलातर्फ सुनसरीका पूजा चौधरी र पुरुषतर्फ मोरङका सौरव आलेमगर घोषित भए ।
दुईदिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र भुटानका ९ टिमका २ सय बढी खेलाडीहरुको सहभागिता रहेको विराट कराँते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा चिनियाँ राष्ट्रपति सीले अघि सारेका विचारबारे छलफल
-
नेमकिपाको महाधिवेशन : बिजुक्छेंको राजनीतिक प्रशिक्षण, १९ गते नयाँ नेतृत्व चयन
-
बैतडीमा गोली चल्यो, २२ वर्षीय युवक घाइते
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते