यमनमा बम आक्रमणमा २ सैनिकको मृत्यु
शनिबार, २३ वैशाख २०८०, १७ : १३

यमनको दक्षिणी प्रान्त अब्यानमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु भएको छ । त्यहाँका सुरक्षा अधिकारीका अनुसार अन्य तीन जना घाइते भएको छ ।
स्थानीय अधिकारीले नाम नभन्ने शर्तमा सिन्ह्वालाई बताएअनुसार अल–कायदा लडाकुसँगको झडपमा घाइते भएका यमनी सरकारी सेनाका सिपाहीलाई बोकिरहेको एमबुलेन्समाथि बम विस्फोट गराएको थियो ।
विगत केही हप्तामा अब्यानमा सडक किनारमा भएका बम आक्रमणको यो पछिल्लो घटना हो । यमनका अधिकारीले यमनमा रहेको अल–कायदा इन अरेबियन पेनिन्सुला (एक्यूएपी) आक्रमणको पछाडि रहेको आरोप लगाएका छन् ।
यसलाईलाई अल–कायदाको सबैभन्दा खतरनाक शाखाको रूपमा लिइन्छ र यमनमा वर्षौंदेखि यो सक्रिय छ । यो समूहले यमनको गृहयुद्धको नाजायज फाइदा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता