ड्रोनलाई क्यामेराकारुपमा भित्र्याउँदै आयातकर्ता, भन्सार महसुल असुल्न पर्छ–महालेखा

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा ड्रोन आयातका क्रममा गत व्याख्या गर्दै छुट दिइएको करोडौं भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल्न पर्ने उल्लेख गरेको छ ।
महालेखाले प्रतिवेदनमा ड्रोनलाई क्यामेराकारुपमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर लगाउने व्याख्या नै गलत भएको उल्लेख गरेको हो ।
भन्सार कार्यालयले ड्रोनलाई क्यामेराका रूपमा व्याख्या गर्दै ५ प्रतिशत भन्सार महसुल लगाउँदै आइरहेको छ । साथै, यसअनुसार नै मूल्यअभि वृद्धि कर समेत लाग्दै आइरहेको छ । तर, ड्रोन क्यामेरा मात्र नभई अन्य प्रयोजनका लागि समेत प्रयोग हुने उपकरणकारुपमा प्रचलित छ । ड्रोनमार्फत औषधी छिट्न, हुलाकका सामाग्री ओसारप्रसार गर्न, आगो निभाउन तथा सैन्य हमलामा समेत प्रयोग हुँदै आइरहेका छन् ।
यहीकारण, ड्रोनमा लगाउँदै आइरहेको ५ प्रतिशत भन्सार महशुललाई १५ प्रतिशत नै बनाउनुपर्ने र १३ प्रतिशत मूल्य अभिवृद्धि करको व्यवस्था गर्नुपर्ने उल्लेख छ । यसबापतको ८ करोड ८१ लाख ९१ हजार रुपैयाँ भन्सार महसुल र मूल्य अभिवृद्धि कर असुल्नुपर्ने महालेखाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँमा अझै बालविवाह, निस्दीमा सचेतनामूलक कार्यक्रम
-
लहानमा राजमार्गका होटल अनुगमन
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध