अपराध
विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारु रुपैयाँसहित दुई जना पक्राउ
शनिबार, २३ वैशाख २०८०, १५ : ४२
विराटनगर । विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूकाे साथबाट ८ किलाे चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
काे २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार
-
पाटन प्रिमियर लिग : सुपर सिक्समा आयोजकको शानदार सुरुवात
-
गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस्
-
सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी
-
डीनएआईजी दुबईको नेपाल च्याप्टर गठनका लागि छलफल सुरु
-
स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले बनायो संवाद समिति