पाँच दिनदेखि हिमपहिरोमा बेपत्ता दुई जनाको खोजिकार्य जारी
शनिबार, २३ वैशाख २०८०, १५ : ३२

धनगढी । दार्चुलामा पाँच दिनअघि हिमपहिरोमा हराएका दुई जनाको अवस्था अझै अज्ञात रहेको छ । मंगलबार ब्यास गाउँपालिका–१ भोलुङमा हिमपहिरोमा बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेपनि दुई जनाको अवस्था अझै अज्ञात रहेको हो ।
दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार बुधबार फेला परेका तीन जनाको शव ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइएको थियो । हराइरहेका दुई जनाको खोजी कार्य जारी रहेको उनले बताइन् ।
दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले बुझिसकेका छन् ।
डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापाको अवस्था अझै पनि अज्ञात छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल
-
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक