राजा चार्ल्स तृतीयको राज्याभिषेक आज
![राजा चार्ल्स तृतीयको राज्याभिषेक आज](https://npcdn.ratopati.com/media/news/6312b6b2-f726-4055-96af-3b251a692da0_DvYEMVUFMw.jpg)
लण्डन । बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदैछ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । राजा चार्ल्स र रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणको लागि तयारी गर्छन्।
वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा भीड लाग्न थालेको छ । यसलाई ध्यानमा राख्दै सेन्ट्रल लन्डनमा कडा सुरक्षा व्यवस्था गरिएको छ । उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुख सहभागी हुनेछन् । नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद बेलायत पुगिसकेका छन् । तर, राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न पनि अपिल गरेका छन् ।
राज्याभिषेक समारोह करिब दुई घण्टासम्म चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहनेछ । जसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रबार अमेरिकाबाट यहाँ आइपुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात सय २६ केजी गाँजा बरामद
-
केजरीवालको हारलगत्तै मोदीको प्रतिक्रिया : विकास र सुशासनको जित भएको छ
-
राष्ट्र र नागरिकप्रति जिम्मेवार, जवाफदेही प्रहरी व्यवस्था आवश्यक : प्रहरी महानिरीक्षक कुँवर
-
जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै