पोखरामा सबैभन्दा लामो ट्रायथलन आजबाट सुरु

काठमाडौं । हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण आज पोखरामा सुरु हुँदैछ । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा यो प्रतियोगिताको आयोजना हुन लागेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ जना खेलाडी र उनीहरुको क्रु–मेम्वर पोखरा आइसकेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् ।
प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक गणतन्त्र, इस्टोनिया, बंगलादेश, भारतलगायतका मुलुकबाट ५ महिला र ३१ पुरुष गरी कुल ३६ खेलाडीले सहभागिता जनाउने जानकारी पनि उनले दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ जारी
-
सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु
-
सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
-
पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने