राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता
शुक्रबार, २२ वैशाख २०८०, २१ : २८

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना कम्बोडियाको भ्रमण सकेर शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता भएका हुन् ।
अध्यक्ष तिमिल्सिनालाई त्रिभुवन विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतम र राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले स्वागत गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्दिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्दिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ