प्रदेश संरचना खारेज गर्न खोजे महासंघ अघि बढ्नुपर्छ : अध्यक्ष पोखरेल
काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रदेश खारेज गर्ने बहस जायज नभएको बताएका छन् । प्रदेश खारेजीको पक्षमा कोही आए प्रदेश संरचना जोगाउन नेपाल पत्रकार महासंघ अघि सर्नुपर्ने उनको भनाई छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको पाँचौ स्थापना दिवसको अवसरमा प्रदेश कार्यालय अनामनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले प्रदेश स्थापना भएको ४/५ वर्षमा नै खारेज गर्ने वा हटाउने विषय ठिक नभएको बताएका छन् ।
‘हामीले भर्खर मात्र प्रदेश संरचनाको अभ्यास गर्दै आएको छौं, यति छिट्टै खारेज गर्ने वा हटाउने भन्ने कुरै हुँदैन, कोही प्रदेश हटाउनुपर्छ भनेर आउँछ भने प्रदेश संरचना जोगाउन पत्रकार महासंघ अघि सर्नुपर्छ,’ उनले भने ।
अध्यक्ष पोखरेल महासंघले लिएको सदस्यता शुद्धीकरण कुनै पक्ष वा विपक्षमा नभई सम्मानजनक ढंगले गरिने बताएका छन् ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले प्रदेश संरचनालाई अझै चलायमान बनाएर लैजानुपर्ने बताएका छन् । उनले महासंघको सदस्यता शुद्धीकरणमा आफ्नो संगठनको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्तगरेका छन् ।
बागमती प्रदेश सरकार, सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रकारहरुको सिप तथा क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् ।
लोकतान्त्रिक छापामाध्यम समाजका अध्यक्ष दामोदर दवाडीले महासंघले सरकारले मिडियासँग सम्बद्ध ऐन कानुन निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।
उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले उपत्यका प्रदेश अन्तर्गतका पत्रकारहरुको सिप तथा क्षमता विकासका लागि प्रदेश सरकार र केन्द्रीय समितिले भूमिका खेल्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघको संघीय संरचना अनुसार प्रदेश समितिको मिति २०७५ साल वैशाख २२ गते पहिलो निर्वाचन भएको दिनलाई उपत्यका प्रदेश समितिले आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । २२ वैशाख २०७५ मा उपत्यका प्रदेशको काठमाडौँमा भएको निर्वाचनले एन।के दाहालको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
मिति २०७७ चैत २५ गते उपत्यका प्रदेश समितिको दोस्रो निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनले उपत्यका प्रदेश समितिमा श्रीजन झाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेसँगै प्रदेश चलायमान अवस्थामा रहेको छ ।
शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सूर्य सुवेदी, ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने, भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा उपत्यका प्रदेशले प्रकाशित गरेको भित्तेपात्रो सार्वजनिक समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’