मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सामाजिक विषयको पढाइ नेपाली भाषामै हुने, विदेशीले अङ्ग्रेजीमा पाउने

शुक्रबार, २२ वैशाख २०८०, १६ : ०५
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । अबदेखि विद्यालय तहको सामाजिक अध्ययन विषयको पढाइ नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन गर्न पाउने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सामाजिक विषयको पठनपाठन र परीक्षा नेपाली भाषामा हुने बताए । तर, विदेशीको हकमा भने अङ्ग्रेजी भाषामा हुने उनको भनाइ छ ।

‘सामाजिक विषयको पठनपाठन नेपाली भाषामै भइरहेको छ । तर, विदेशी विद्यार्थीको हकमा समस्या भएपछि उनीहरूलाई अङ्ग्रेजी भाषामै पढ्न र परीक्षा दिने व्यवस्था मिलाइएको हो,’ अध्यक्ष शर्माले भने ।

गत वर्षदेखि सामाजिक विषयको परीक्षा नेपाली भाषामै लेख्न लगाइएको थियो । जसले गर्दा विदेशी कूटनीतिक नियोगका विद्यार्थीहरू जाने नेपालमा पढिरहेका छन् । उनीहरूलाई समस्या भयो । त्यसपछि दुवै भाषामा पठनपाठन र परीक्षा दिने व्यवस्था मिलाइएको हो ।

यो निर्णयसँगै नेपालमा खुलेका विदेशी कूटनीतिक नियोगका विदेशी विद्यार्थी अध्ययन गर्ने विद्यालयहरूले अङ्ग्रेजी माध्यमबाट सामाजिक विषय पढाउने पाउनेछन् । सामाजिक अध्ययन विषय नेपाली माध्यमबाट पठनपाठन गराउँदा विदेशी विद्यार्थीहरूलाई बुझ्न अप्ठ्यारो हुने गरेको छ । यसबारे गुनासो आएपछि परिषद्ले विद्यालय तहमा सामाजिक अध्ययन विषयलाई नेपाली र अङ्ग्रेजी दुवै भाषा माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको हो ।

‘यो निर्णय आगामी वर्ष एसइई दिने विद्यार्थीको हकमा लागू हुनेछ । विदेशमा बसेका नेपालीका विद्यार्थीको नेपाली भाषा आधार र नेपालमै बसेका विदेशी विद्यार्थीको नेपाली भाषाको आधार कमजोर देखियो । यी दुवै किसिमको विद्यालय र विद्यार्थीको हकमा अङ्ग्रेजी र नेपाली दुवै भाषा माध्यमबाट पठनपाठन गराउने निर्णय गरिएको हो,’ अध्यक्ष शर्माले भने ।

दुई वर्षअघिदेखि विद्यालय तहको सामाजिक अध्ययन विषय नेपाली भाषामा पढाउन थालिएको थियो । निजी विद्यालयहरूले भने सामाजिक विषय पनि अङ्ग्रेजी भाषा माध्यमबाट पढाउँदै आएका छन् ।  

यो निर्णयसँगै अबदेखि परीक्षाको प्रश्नपत्र समेत अङ्ग्रेजी र नेपाली दुवै भाषामा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप