झापाबाट ११ लाख बराबरको भन्सार छलीको सामान बरामद
शुक्रबार, २२ वैशाख २०८०, १५ : १६

काठमाडौँ । प्रहरीले झापाबाट करिब ११ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । पूर्वबाट पश्चिमतिर आउँदै गरेको भारतीय नम्बर डब्लुबी–७३ ए ४२६६ नम्बरको ट्रकबाट भन्सार छलीको सामान बरामद गरिएको झापाका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका–६ कालीखोलाबाट ट्रकमा लोड गरेको स्मार्ट मोबाइल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र ३ हजार ७८० थान गम्छा बरामद गरेको छ । सो सामानको मूल्य १० लाख ९० हजार मुल्यांकन गरिएको छ ।
ट्रक चालक भारतीय नागरिक ३८ वर्षीय निरन्जन रायले भन्सार कार्यालयमा छिरेर एक दिनको भन्सार काटेर निस्किएका थिए । सामान सहित ट्रकलाई मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाएको एसपी रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए