सिम्रिक एयर दुर्घटना : क्याप्टेनसहित दुई घाइतेलाई काठमाडौँ ल्याइँदै
शुक्रबार, २२ वैशाख २०८०, १४ : ५५

काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् ।
उनीहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।
माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा हेलिकप्टर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना भएको छ ।
स्थानीयहरुका अनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री रिसाएपछि ऊर्जा राज्यमन्त्रीको पद चट
-
तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ
-
भक्तपुरमा बसको ठक्करबाट पार्किङमा राखिएका १० वटा दुईपांग्रे सवारीमा क्षति
-
गृहमन्त्रीले गराए कान्छारामलाई बर्खास्तीको जानकारी
-
उपप्रधानमन्त्री सिंह र भारतीय सहरी मामिला मन्त्रीबिच भेटवार्ता
-
रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने तयारी