शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
समाचार

सर्पको टोकाइबाट बर्सेनि ३ हजारको मृत्यु, उपचार केन्द्र सहर केन्द्रित

शुक्रबार, २२ वैशाख २०८०, ०८ : ४९
शुक्रबार, २२ वैशाख २०८०

बारा । नेपालमा सर्पको टोकाइबाट बर्सेनि  ३ हजार जनाले अकालमै ज्यान गुमाउने गरेको एक अनुसन्धानले देखाएको छ । एक सरकारी निकायले गरेको अनुसन्धानले वर्षेनी सर्पको टोकाईबाट करिव ४० हजार मानिस प्रभावित हुने र ३ हजारको मृत्यु नै हुने गरेको देखाएको छ ।

यो नेपाल बर्सेनि  हुने कुल मृत्युको ० दशमलव ६ प्रतिशत रहेको पनि अनुसन्धानले देखाएको छ । मिथिला वाइल्डलाइफ ट्रष्टका प्रमुख देवनारायाण मण्डलले सन् २०२२ मा ३७ हजार ६ सय ६१ जना सर्पको टोकाइबाट प्रभावित भएको बताए ।

डिभिजन वन कार्यलय बाराले आयोजना गरेको वन तथा वन्यजन्तुको व्यवस्थापनसम्बन्धि कार्यक्रममा मण्डलले सन् २०२२ मा सर्पको टोकाइबाट २ हजार ९ सय ४९ जनाको मृत्यु भएको जानकारी पनि दिए । उनी सर्प विज्ञ हुन् ।

नेपालमा खासगरी करेट र गोमन प्रजातिको विषालु सर्पको टोकाइबाट धेरैको ज्यान जाने गरेको जानकारी मण्डलले दिए । ‘सर्पको टोकाइबाट भएका घटनाको तथ्याङ्कक विश्लेषण गर्ने हो भने तराईका २२ र त्यससँगै जोडिएका ४ गरेर २६ वटा जिल्ला सर्पदंशबाट अति प्रभावित छन् । तर, यि जिल्लामा भएका सर्पदंश उपचार केन्द्रहरु पनि राजमार्ग र शहर केन्द्रित हुँदा समयमै उपचार नपाएर धेरैको ज्यान जाने गरेको छ,’ मण्डलले भने ।

मण्डलका अनुसार, सर्पले आफै मानिसलाई आक्रमण गर्दैन । उनका अनुसार, सामान्यतः सर्प मानिसको छेउछाउ भएमा सकेसम्म भाग्ने वा लुक्ने प्रयास गर्छ । पहिलो अवस्थामा मानिसलाई देखेपछि सर्प आफै भाग्छ । दोस्रो अवस्थामा मानिसलाई तर्साउने प्रयास गर्छ । अन्तिम अवस्थामा मात्रै सर्पले मानिसलाई टोक्ने गर्छ । सर्प डराएको, चोटपटक वा घाउ लागेको र मानिसको खुट्टाले कुल्चने अवस्था भएमा मात्रै मानिसलाई टोक्ने गर्छ ।

विषालु सर्पको टोकाइबाट खासगरी बारा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषालगायतका जिल्लामा धेरै घटना हुने गरेको बताइएको छ । प्रायः जंगलमा घाँसदाउरा गर्न जाने क्रममा, खेतबारीमा काम गर्दा र जंगलसँग जोडिएका बस्तीहरुमा  सर्पदंशका घटना बढी हुने गरेको पाइन्छ । ‘यि जिल्लाहरुमा जति पनि सर्पदंश उपचार केन्द्र छन्, ति सबै नेपाली सेनाले प्रवद्र्धन गरेका हुन् वा अन्य क्षेत्रीय अस्पताल हुन् । सबै पूर्व–पश्चिम राजमार्ग केन्द्रीत छन्, तर, सर्पदंशका घटनाहरु राजमार्गभन्दा तलका गाँउमा बढी हुन्छन्,’ उनले भने  ।

k3

मण्डलका अनुसार, सर्पले आफै मानिसलाई आक्रमण गर्दैन । उनका अनुसार, सामान्यतः सर्प मानिसको छेउछाउ भएमा सकेसम्म भाग्ने वा लुक्ने प्रयास गर्छ । पहिलो अवस्थामा मानिसलाई देखेपछि सर्प आफै भाग्छ । दोस्रो अवस्थामा मानिसलाई तर्साउने प्रयास गर्छ । अन्तिम अवस्थामा मात्रै सर्पले मानिसलाई टोक्ने गर्छ । सर्प डराएको, चोटपटक वा घाउ लागेको र मानिसको खुट्टाले कुल्चने अवस्था भएमा मात्रै मानिसलाई टोक्ने गर्छ ।

k4

‘विषालु सर्पले टोकेपछि पहिलो घन्टा उपचारको लागि सुनौलो घन्टा मानिन्छ तर, गाउँघरमा १ घन्टाको समय अस्पताल पुर्याउनभन्दा पनि बाहिर नै खेर फाल्ने गरिएको छ, ’ उनी भन्छन्, ‘५० प्रतिशत घटनामा अहिले पनि सिधै अस्पताल पुर्याउन नसक्दा मानिसको मृत्यु हुने गरेको छ ।’

k7

सरकारले क्षेत्रीय अस्पतालहरुमा मात्र सर्पको टोकाइको उपचारको व्यवस्था मिलाएको छ । तर, यो सेवालाई वडा तहका स्वास्थ्य संस्थासम्म पुर्याउन सके सर्पको टोकाइबाट हुने मृत्युलाई धेरै कम गर्न सकिने मण्डलको बुझाई छ । ‘सर्पले टोकेको १० देखि १५ मिनेटभित्रै अस्पताल पुर्याउने अवस्था छ भने सिधै अस्पताल लैजानु पर्छ । तर, दुरीको हिसाबले अस्पताल टाढा छ भने तत्कालै प्राथमिक उपचार गर्नुेपर्छ,’ उनी भन्छन्, ‘प्राथमिक उपचार गर्दा  जुन अंगमा सर्पले टोकेको छ त्यो अंगलाई स्थिर राख्नुपर्छ । ब्लड सर्कुलेशन नै रोक्नेगरी बाध्नु खतरनाक हुन्छ ।’

k6

सर्पको टोकाइको विषयमा समुदायस्तरमा जनचेतना फैलाउने कार्य र प्रचारप्रसार हुन नसकेको मण्डल बताउँछन् ।  उनले सर्पदैशको विषयलाई विद्यालय तहको पाठ्यक्रममा नै समावेश गर्नसके त्यसबाट सर्पको टोकाइबाट हुने जोखिम घटाउन सकिने बताए । क्रंकिटको पूर्वाधार भएका स्थानमा सर्पको संख्या र सर्पदैशका घटना कम हुने भएकाले यसको उपचार केन्द्रहरु शहर र सदरमुकामभन्दा पनि ग्रामिण भेग लक्षित हुनुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप