बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
विज्ञान/प्रविधि

विज्ञान प्रविधिको विकासमा लागेको ‘नास्ट’लाई सरकारको उपेक्षा :  न पर्याप्त बजेट, न त कर्मचारी

नास्टमा चार दशकमा २५ प्रतिशत कर्मचारी कटौती
शुक्रबार, २२ वैशाख २०८०, ०७ : ३२
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौं ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को वेवसाइट खोल्नुभयो भने होमपेजमै तपाईंले एउटा सूचना भेट्नुहुन्छ । 

गत चैत्र २६ गते प्रकाशित ‘युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रम रोक्का सम्बन्धी’ सो सूचनामा भनिएको छः ‘यस प्रज्ञा प्रतिष्ठानबाट सञ्चालित युवा वैज्ञानिक अनुसन्धान सहयोग कार्यक्रमको लागि विधिवत प्राप्त अनुसन्धानका प्रस्तावहरु मूल्याङ्कनका लागि विज्ञहरुसमक्ष पठाउने तयारी हुँदै गरेको अवस्थामा नेपाल सरकार, अर्थ मन्त्रालयको २०७९ माघ १७ गतेको ‘बजेट कटौती तथा कार्यक्रम रोक्का’ सम्बन्धी पत्रको व्यहोराअनुसार यो कार्यक्रम पनि हाललाई रोक्का हुन गएको व्यहोरा निर्देशानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) स्थापनाको ४० वर्षमा हिँडिरहेको छ । तर चार दशकअघि २३१ जना कर्मचारीको दरबन्दी रहेको नास्टमा अहिले सो संख्या घट्दै–गएर जम्मा ६७ जनामा सीमित हुन पुगेको छ । 

समय बित्दै जाँदा झन् कर्मचारी दरबन्दी बढ्दै जानुपर्नेमा उल्टो घट्दै गएको नास्टका कर्मचारीहरु बताउँछन् । जनशक्ति मात्रै होइन, बजेटपनि पर्याप्त नहुँदा धेरै कार्यक्रम अघि बढ्न सकेको छैन । 

नास्ट स्थापनाको ४० वर्ष अवधिमा प्रत्येक वर्ष पाएको बजेट जोड्ने हो भने कूल ३ अर्ब ९७ करोड रुपैयाँ मात्रै पुगेको छ । पछिल्लो समयमा बजेटमा केही बृद्धि भएपनि चालू आर्थिक वर्षका लागि सरकारले ३३ करोड रुपैयाँ मात्रै बजेट छुट्याएको थियो । तर सरकारले आर्थिक मन्दीका कारण बजेट कटौती गरेकाले तीन–चार महिना अघिदेखि काम गर्न बजेट नै नभएको नास्ट स्रोतको भनाई छ । 

नास्टले पाउने कूल बजेटको ५५ प्रतिशत रकम अध्ययन अनुसन्धान गर्ने व्यक्ति तथा संस्थाका लागि खर्च हुने गरेको छ । 

जनशक्ति नहुँदा ल्याबमा विद्यार्थी भर्ती 
हाल रहेका ६७ जनशक्तिमध्ये देश तथा विदेशमा पिएचडी गरेका २५ जना वैज्ञानिकहरु नास्टमा काम गरिरहेका छन् । तर नास्टमा रहेका प्रयोगशाला सञ्चालनका लागि पर्याप्त जनशक्ति नहुँदा विश्वविद्यालयमा उत्कृष्ट रहेका विद्यार्थीलाई ‘रिक्य्रुट’ गरेर तालिम दिई प्रयोगशाला सञ्चालन गर्ने गरिएको छ ।  

नास्टका प्रवक्ता डा.रविन्द्र प्रसाद ढकालले रातोपाटीसँग भने–‘हामी त राज्यले जे–जे मिसन दिन्छ, त्यो मिसनअनुसार काम गर्नुपर्छ भनेर गरिरहेका छौँ । त्यसका लागि चाहिने दुई तीन वटा कुराहरु खट्किएका छन् । हामीसँग ल्यावमा काम गर्ने समूह छैन । त्यहाँ खटेर काम गर्ने २० देखि ३० जना जनशक्ति हुनुपर्छ । जनशक्ति अभावले हामीले माहौल बनाउन सकेका छैनौ ।’

nast3

नास्टमा जीव विज्ञान, रसायन विज्ञान, वातावरण विज्ञान लगायतका प्रयोगशालाहरु व्यवस्थित तरिकाले बनाइएको छ, त्यसमा आधुनिक उपकरणहरुको पनि व्यवस्था गरिएको छ । अन्तरराष्ट्रिय उच्च स्तरको उपकरण ल्याएर परीक्षणको व्यवस्था गरिएको छ भने ल्याबमा विश्लेषण गर्ने क्षमतामा बृद्धि भएको छ । 

तर ल्याबमा पर्याप्त कर्मचारी छैनन् । डा. ढकालले ल्याबमा काम गर्न पढाईमा उत्कृष्ट रहेका विद्यार्थीलाई सहभागी गराउँदा उनीहरुको पनि सीप विकास हुने र नास्टको अनुसन्धानको कामलाई पनि सहयोग पुग्नेगरी ल्यावको काम अघि बढाइरहेको बताए । 

कोभिडको बेलामा महावीर पुनले पिपिई सिलाउन लगाए तर त्यो ठीक छ कि छैन भनेर परीक्षण गर्ने प्रविधि थिएन ।नास्टलेअन्तरराष्ट्रिय मापदण्ड पछ्याउने गरी यही प्रविधि बनाएर परीक्षण गर्दा पुनले सिलाउन लगाएका कुनैपनि पिपिई मापदण्ड पूरा गर्ने खालको थिएनन् । 

उनले भने–‘जनशक्ति व्यवस्थापनका क्रममा हरेक वर्ष, हरेक डिपार्टमेन्टमा हाम्रो ल्याबमा काम गर्न सक्ने पच्चिस–तीसजना जति कलेजमा ‘टप’ गरेका विद्यार्थीहरुलाई झन्डै एकदेखि दुई वर्ष सम्मका लागि भर्ति गर्ने गरेका छौँ ।’उनीहरुलाई अनुसन्धान गर्ने तालिम दिएर अनुसन्धानकर्ता बनाउने काम पनि नास्टले गर्र्दैै आएको छ । यसरी नास्टको ल्याबमा अनुसन्धानकर्ताका रुपमा काम गरेका विद्यार्थीहरुले विदेशमा पनि सजिलै अवसर पाउने गरेका छन् । 

नेपालमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको संख्या १५ प्रतिशत मात्र रहेको र ज्यादै न्यून संख्या भएको प्रवक्ता ढकाल बताउँछन् । यहाँ प्राविधिक शिक्षा पढेका विद्यार्थीहरु अन्तराष्ट्रिय बजारमा कमजोर नरहेको उनी बताउँछन् । अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायतका देशमा गए विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने धेरै जनशक्तिको अभाव रहेको उनले बताए । 

342370792_1017738332938891_4663216740688537962_n

उनले भने–‘अनुसन्धानका लागि मुख्यतया युवा जनशक्ति हुनुपर्छ । यो संसारभरीले प्रमाणित गरेको कुरा हो । हामीले तिनै युवालाई काम गर्ने प्लेटफर्म दिनुपर्छ । भोलि उनीहरु विदेश गए भनेपनि उनीहरु फर्केर आएपछि नेपाललाई घाटा हुँदैन, फाइदा नै हुन्छ । एककिसिमले नेपालका लागि ‘ब्रेन ग्रेन’ नै हुन्छ ।’उनका अनुसार त्यसका लागि आवश्यक नीति हुन जरुरी छ ।

‘स्याटेलाइट’देखि रासायनिक मलसम्म नास्टको अग्रसरता  
नास्टले विभिन्न खालका प्रविधि नेपाल भित्र्याएर त्यस्ता प्रविधिलाई समुदायमा अपनाउन भूमिका खेलिरहेको प्रवक्ता डा. ढकालले बताए । नेपालमा पहिलो पटक इमेल भित्र्याउने कामदेखि सोलार प्यानललाई नेपालमा भित्र्याएर त्यसलाई समुदायमा परिचित गराई देशब्यापी प्रयोग गर्ने वातावरण सिर्जना गरेको उनको जिकिर छ । 

जाडोमा आगो ताप्न वा सुत्केरीलाई सेक्न उपयोगी हुने ब्रिकेट बनाएर बजारमा परिचित नास्टले नै गरेको थियो । प्रविधिलाई समुदायसँग जोड्ननास्ट बढी क्रियाशील रहेको उनले बताए । विद्युतीय मोटरसाइकल, नानो स्याटेलाइट, रासायनिक मलको विकल्प हुने बायोचार, प्लाष्टिकबाट डिजेल उत्पादन गर्ने प्रविधि लगायतका आविष्कारका कामलाई अघि बढाइरहेको डा. ढकालले जानकारी दिए ।  

कोभिडको समयमा स्वाव कलेक्सन सेन्टर 
अघिल्ला वर्षहरुमा कोभिडको प्रकोप रहेको बेला नास्टले केही उपयोगी आविष्कारहरु गरेको थियो । जस्तो नेपाली सेना, सशस्त्र प्रहरीको गाडीबाट सुरक्षित रुपमा स्वाव संकलन गर्ने च्याम्बर निर्माण गरेको थियो । 

डाँफे स्याटेलाइट निर्माण गरेका इन्जिनियरहरुले काभ्रेका मावि तहका विद्यार्थीहरुलाई तालिम दिएर अर्को स्याटेलाइट बनाउने काम चलिरहेको छ, जसको नाम मुनाल रहेको छ । यो स्याटेलाइट बनाउनका लागिपनि नास्टले सहयोग गरिरहेको छ । 

कोभिडको बेलामा महावीर पुनले पिपिई सिलाउन लगाए तर त्यो ठीक छ कि छैन भनेर परीक्षण गर्ने प्रविधि थिएन ।नास्टलेअन्तरराष्ट्रिय मापदण्ड पछ्याउने गरी यही प्रविधि बनाएर परीक्षण गर्दा पुनले सिलाउन लगाएका कुनैपनि पिपिई मापदण्ड पूरा गर्ने खालको थिएनन् । 

जहाँ पिपिई सिलाइन्छ, त्यहीँबाट भाइरस छिर्ने अवस्था भएपछि पिपिईको गुणस्तर मापन गर्ने मेसिननास्टले तयार गरेको उनले बताए । 

स्याटेलाइट निर्माणमा अग्रसर 
नास्टको अग्रसरतामा पहिलो पटक नेपालको झण्डा बोकेको न्यानो स्याटेलाइट प्रक्षेपण गर्ने काम भएको थियो । यस्तै ९ जना इन्जिनियरलाई तालिम दिएर नास्टभित्रै डाँफे नामको ‘स्याटेलाइट’ निर्माणको काम सम्पन्न भएको छ । थाइल्याण्डसँग सहकार्य गरेर डाँफेलाई अन्तरिक्षमा पठाउने योजना छ । 

डाँफे स्याटेलाइट निर्माण गरेका इन्जिनियरहरुले काभ्रेका मावि तहका विद्यार्थीहरुलाई तालिम दिएर अर्को स्याटेलाइट बनाउने काम चलिरहेको छ, जसको नाम मुनाल रहेको छ । यो स्याटेलाइट बनाउनका लागिपनि नास्टले सहयोग गरिरहेको छ । 

नास्टका प्रवक्ता ढकालले भने, ‘डाँफे र मुनाल दुइटा स्याटेलाइटका मिसन निर्माण गरेर अन्तरिक्षमा जाने हिसावले काम गरिरहेका छौँ । चालीस–पचास जना हाइस्कुलका विद्यार्थीहरुलाई स्याटेलाइट बनाउने तालिम दिएका छौँ । उनीहरुलाई नियमित रुपमा अन्तरिक्षसम्बन्धी गतिविधिमा सहभागी गराएका छौँ ।’

यस्तै,एसियाली विकास बैंकबाट परियोजना ल्याएर नास्टलेगरेको बायोचार प्रविधिको अनुसन्धान प्रभावकारी रहेको उनले बताए । 

 

प्रवक्ता ढकालका अनुसारसो अध्ययनको आधारमा गण्डकी प्रदेशमा बायोचारको उद्योग खोल्ने काम अघि बढेको छ । प्राकृतिक रुपमा बनाइएको अंगार नै बायोचार हो, जसलाई मलमा रुपान्तर गरिएको छ । त्यो अंगारले गरेको कामको आधारमा गोरखामा उद्योग खुलेको छ । दैनिक ८ टन उत्पादन गर्ने हिसावले उद्योग स्थापनाको पहल भइरहेको र नास्टले त्यसका लागि प्राविधिक सहयोग गरिरहेको  छ । 

उनले भने–‘रायायनिक मलले जति उत्पादकत्व बढाउन सहयोग गर्छ, त्यस्तै बायोचारले पनि कृषि उत्पादन बढाउन सहयोग गरेको प्रमाण हामीसँग छ ।’
नास्टमा विज्ञान प्रविधिसम्बन्धी अनुसन्धानपत्रहरु प्रकाशनको कामपनि बढेकोतथ केही अनुसन्धानको प्याटेन्ट अधिकारका लागि निवेदन पनि पेश गरेको प्रवक्ता ढकालले जनाए । 

नास्टसँग भिजन, मिसन भएपनि काम गर्न पर्याप्त बजेट र जनशक्ति भने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप