मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना
![मुख्यमन्त्री कार्कीद्वारा उँभौली पर्वको शुभकामना](https://npcdn.ratopati.com/media/news/hikmat-karki-cartoon_ilGDLz5Jcy.jpg)
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किराँत समुदायको महान् चाड ‘उँभौली पर्व’को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज बिहान एक विज्ञप्ति जारी गर्दै उँभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजक, अर्थात् नेपालका किराँती समुदायभित्रका विभिन्न जातिले मनाउने प्रसिद्ध पर्व भएको बताए ।
उनका अनुसार यस उँभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उँभौली पर्व वसन्त ऋतुमा पर्दछ ।
यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ, जसमा प्रकृतिको आराधना गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पूर्णिमा’को नामले पनि परिचित रहेको मुख्यन्त्री कार्कीले बताए ।
बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीले ‘उँभौली पर्व’ र बाली घर भित्र्याइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ । यी दुवै याममा किराँती समुदायले प्रकृतिको पूजा–आजा गरी पर्व मनाउनने गर्दछन् । यस समुदायले प्रकृतिमा रहेका रहेका हरेक तत्वजस्तै भूमि, जल, अग्नि, आकाश, वायु चन्द्र, सूर्य पशुपन्छी र वनस्पतिको पूजा गर्ने गर्दछन्
यस पूजाआजाको मूल सन्देश भनेको यी सबै तत्व प्रति आभारी रहेर बाँच्नु र सधैँ तिनीहरुसँग कृतज्ञ रहनु नै हो । अर्थात् जगत्का हरेक प्रणाीले ‘जगत्बाट विच्छेद भएर होइन एकाकार भएर बाँच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ विज्ञप्तिमा उल्लेख छ ।
मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उँभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै उँभौली पर्वका अवसरमा मुख्यमन्त्री कार्कीले शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
-
पूर्णकालीन सदस्यता वितरण गर्न जिल्ला कार्य समितिलाई गुरुङको परिपत्र
-
प्रवासमा मनाइयो माओवादी जनयुद्ध दिवस
-
लात्ती र मुक्काले निर्घात कुटपिट गरी सुधार केन्द्रभित्रै मण्डलको हत्या
-
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
-
अध्यादेश स्वीकृत हुनेमा उच्चस्तरीय राजनीतिक संयन्त्र ढुक्क