सुडानमा जारी द्वन्द्वका कारण आठ लाख ६० हजार मानिस विस्थापित हुनसक्ने
खार्तूम । युद्धविरामको पछिल्लो प्रयासको वेवास्ता गर्दै सुडानको राजधानी खार्तूममा बिहीबार लगातार २० औं दिन पनि गोली हानाहान र विष्फोट भएको छ । संयुक्त राष्ट्रसङ्घले द्वन्द्व लम्बिँदै जाँदा आठ लाख ६० हजार शरणार्थी पलायन हुने चेतावनी दिएको छ ।
पछिल्लो युद्धविरामको समयावधि बुधबार मध्यरातमा सकिएपछि सेनाले सात दिने नयाँ युद्धविरामको पालना गर्न तयार रहेको बताएको थियो । तर अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आइसकेको छैन।
खार्तूममा प्रत्यक्षदर्शीहरूले ५० लाख जनसङ्ख्या भएको सहरमा बिहान सबेरै सडकमा ठूलो विस्फोट र गोली हानाहान भएको र दिनको समयमा झडप भएको बताएका छन् ।
परराष्ट्र मन्त्रालयले आरएसएफले खार्तुमस्थित भारतीय दूतावासमा आक्रमण गरेको आरोप लगाएको छ, तर यसलाई कूटनीतिक नियोगले तत्काल पुष्टि गरेको छैन ।
गत अप्रिल १५ मा सुडानका नेता अब्देल फतह अल–बुरहान र आरएसएफका प्रमुख मोहम्मद हमदान डग्लोबीच भीषण शहरी युद्ध सुरु भएको थियो ।
सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क परियोजनाका अनुसार यस लडाइँमा करिब ७०० जनाको मृत्यु भएको छ भने अधिकांश मृत्युका घटना खार्तुम र डार्फरमा भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले उत्तर अफ्रिकी मुलुकबाट आठ लाख ६० हजार मानिसलाई स्वदेश फर्काउने तयारी गरिरहेको र अक्टोबरसम्ममा उनीहरूलाई सहयोग गर्न ४४ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।
यूएनएचसीआरका सहायक अपरेशन प्रमुख राउफ माजौले भने, “बढ्दो आवश्यकतालाई सम्बोधन गर्न हामीलाई तत्काल समयमै, नयाँ कोषको आवश्यकता छ । आवश्यकताहरू विशाल छन्, र चुनौतीहरू असङ्ख्य छन् । यदि यो सङ्कट जारी रह्यो भने यस क्षेत्रमा शान्ति र स्थिरता खतरामा पर्न सक्छ ।"
सुडानमा युद्ध सुरु भएयता स्वदेशी तथा विदेशी गरी एक लाख १५ हजारभन्दा बढी मानिस सुडानबाट बाहिरिएका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको व्यवस्थापन विज्ञ सदस्यमा गंगादत्त जोशी र हिरा बोहरा सिफारिस
-
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने
-
नवजात शिशुसहित सुत्केरीको उद्धार
-
सशस्त्र प्रहरी बल २४औँ वर्षमा
-
झापामा ६ महिनामा दुई सय १३ जना पक्राउ
-
दुई वर्षमा सूर्यविनायक–धुलिखेल सडक निर्माण ३५ प्रतिशतमात्र