अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त
![अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त](https://npcdn.ratopati.com/media/news/hatti-sud_PEWqZVvs9G.jpg)
चितवन । सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो ।
घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अनुसन्धान भइरहेको बताए । उनले भने, “मानिस पक्राउ परिसकेको छैन । अनुसन्धान भइरहेकाले थप केही भन्न मिल्दैन ।” निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरी सहयोगसमेत लिइरहेको छ । तिवारीले अभियुक्त पक्राउ पर्नेमा ढुक्क रहेको भन्दै यस्ता आपराधिक घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गरिने बताए ।
व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहेको भए पनि नतिजा नआएसम्म भन्ने अवस्था नरहेको बताए । हात्तीको अवस्था सुधार हुँदै गएको छ । सुँडले घाँस खान नमिलेपछि माउतेले हातले खुवाउँदै आएका छन् भने पानी हात्तीले आफैँ खाएको उनले जानकारी दिए । खतिवडाले भने, “पानी खान सकेको छ । घाँस टिप्न सकेको छैन । घाउ ७० प्रतिशत ठिक भयो ।” पशु प्राविधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार गरिरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन
-
मानिस पक्राउ गर्न प्रहरी खटिगएको भन्ने समाचार आधारहीन : सीआईबी
-
सुदूरपश्चिममा कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्या घटाउने सहमति
-
लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ
-
एआईको प्रयोगसम्बन्धी सरकारले पहिलोपटक तयार गरेको अवधारणा पत्रमा के छ ?
-
महामन्त्री ढकालको लिखित धारणामा गुरुआमा र गर्लफ्रेन्डको चर्चा