रास्वपालाई सरकारमा ल्याउन माओवादी केन्द्र सकारात्मक
काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा ल्याउन सकारात्मक भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी पदाधिकारीहरूको अनौपचारिक बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भएको हो ।
बैठकमा सहभागी माओवादी केन्द्रका सचिव गणेश शाहले रास्वपा र जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भएको बताए । सचिव शाहका अनुसार एक पक्ष रास्वपालाई सरकारमा ल्याउनु पर्छ भन्ने छ भने अर्को पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने पक्षमा छ ।
'रवि जीलाई सरकारमा ल्याउन छलफल भएको छ । एउटा पक्ष सरकारमा ल्याउनु हुन्न भन्ने र अर्को पक्ष ल्याउनु पर्छ भन्ने छ,' बैठकपछि शाहले भने, 'उहाँहरु सरकारमा आउन खोज्नु भएको छ । सकेसम्म उहाँलाई सरकारमा ल्याउने हो । उहाँ मात्रै होइन जनमत पार्टीलाई समेत सरकारमा ल्याएर बलियो बनाउने हो ।'
बैठकमा अधिकांश नेताहरुले सरकार बलियो भए काम गर्न सजिलो हुने भएकाले रास्वपालाई सरकारमा ल्याउनु पर्नेमा जोड दिएको उनले बताए । शाहले सबैलाई सरकारमा समेट्न बैठकमा सकारात्मक छलफल भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन