दैनिक १८ घण्टा मन्त्रालयमा बसेर काम गर्छु: खेलकुदमन्त्री लिम्बु

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।
बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए ।
लिम्बुले हरेक कुरालाई सकारात्मक ढंगबाट लिन पनि आग्रह गरे । उनले मन्त्रालयमा रहेर आफूले दिनको १८ घण्टा काम गर्ने प्रतिबद्धता समेत जनाए ।
लिम्बुले भने, ‘समग्र खेल जीवन र यसको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा अहिलेसम्म अभाव छ, खेलाडी साथीहरूले, पदाधिकारीले जे अभाव महसुस गर्नुभएको छ, त्यसलाई मध्यनजर गरेर काम गर्ने प्रयास गर्नेछु । सकेसम्म देखिने र धेरै मानिसको चित्त बुझ्नेगरी काम गर्नेछु । केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म । हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ । म १८ घण्टाको समय दिएर काम गर्नेछु ।’
खेलकुद मन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध
-
शिक्षकले विद्यार्थीको भविष्य बिगार्न हुँदैन
-
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो