गण्डकीका पूर्वमुख्यमन्त्रीले मुख्यमन्त्रीलाई सोधे–तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?
![गण्डकीका पूर्वमुख्यमन्त्रीले मुख्यमन्त्रीलाई सोधे–तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?](https://npcdn.ratopati.com/media/news/khagraj-adhikari_jPWJ52Oy7e.jpg)
कास्की । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘तपाई आफ्नै पहल र प्रयत्नले मुख्यमन्त्री हुनुभएको हो र ?’ भन्ने प्रश्न गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वमुख्यमन्त्री अधिकारीले प्रदेशमा राजनीतिक अस्थिरता बढाउन थालिएकोमा चिन्ता व्यक्त गरे ।
‘दुईतीन महिनामा सरकार फेर्दै जाने हो भने प्रदेशको औचित्यमाथि कति पटक प्रश्न उठ्ने हो, ठेगान छैन,’ उनले भने, ‘यसले प्रदेश चाहिँदैन भन्नेहरुको मत बढ्यो ।’
मुख्यमन्त्री नियुक्त हुनसमेत केन्द्रकै भर पर्नुपर्ने अवस्थामा प्रदेश स्वायत्त निकाय हो भनेर भन्न नसकिने उनको भनाइ थियो ।
उनले अहिलेको सत्ता गठबन्धनले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको भन्दै प्रदेशमा यसले राजनीतिक अस्थिरतालाई नै बढावा दिने दाबी गरे ।
‘आलोपालो भनेको अस्थिरता होइन ?,’ अधिकारीले भने । आफ्नो पालामा आलोपालोबारे कसैसँग लिखित वा मौखिक सहमति नगरेको पनि उनले दाबी गरे । ‘आलोपालो भनेको अस्थिरता होइन ?,’ उनले भने, ‘त्यो काम एमालेले गर्दैन, गरेको पनि थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता