प्रचण्डलाई ओलीको प्रश्न : एउटा सांसद र नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्यो ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउबारे छलफल भएको छ
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबीच कुराकानी भएको हो । त्यसक्रममा अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा नेता रायमाझीको संलग्नताबारे चासो राखेका थिए ।
जवाफमा प्रधानमन्त्रीले उक्त प्रकरणमा रायमाझीको संलग्नता भेटिएको बताएका थिए । प्रधानमन्त्रीको भनाइ सुनेपछि ओलीले दोषी भए कारबाहीका लागि सहयोग गर्ने तर निर्दोष फस्न नहुने बताएका थिए ।
‘दोषी उम्काउने हाम्रो प्रयास होइन तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ,’ एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि सिंहदरबारमा सञ्चारकर्मीसँग भने ।
पूर्वप्रधानमन्त्री ओलीले भुटानी शरणार्थीलाई अमेरिकामा सेटलमेन्ट गर्नेबारे अमेरिकी सरकारसँग भएको सहमतिअनुसार केहीबाहेक सबै अमेरिका पुगेको समेत बताएका छन् । बाँकी रहेकाहरूको सन्दर्भमा के गर्ने भन्नेबारे आफू प्रधानमन्त्री हुँदा छलफल भएको उनको भनाइ छ ।
भुटानी शरणार्थीबारे ओलीले भने, ‘त्यतिबेला भुटानमै फर्काउने वा नेपालमै राख्ने भन्नेबारे समेत कुराकानी र छलफल हो ।’ उनले पछि नक्कली शरणार्थी खडा गर्ने कोसिस भएको आफूले जानकारी पाएको भन्दै त्यसबेला तत्कालीन गृहमन्त्री र अनुसन्धानका प्रमुखलाई बोलाएर यसबारे सचेत गराइएको समेत जानकारी दिए ।
४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गरेका छन् । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने एमालेका अध्यक्ष ओलीसंग बारे कुनै छलफल नभएको दाबी सञ्चारकर्मीसँग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन