पूर्वमुख्यमन्त्री अधिकारीले भने–उपधारा २ मै गोलचक्कर गर्नुभयो मुख्यमन्त्री ज्यू
बिहीबार, २१ वैशाख २०८०, १५ : १५

पोखरा । गण्डकी प्रदेशका एमाले नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार गठन हुँदा उपधारा दोहोर्याएर गोलचक्कर गरिरहेको बताएका छन् ।
उनले संविधानको उपधारा ३ बाट सरकार गठन हुनुपर्नेमा २ मै गोलचक्कर गरिएको बताए । बिहीबार प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै अधिकारीले संविधानलाई मिचेर सरकार गठन भएको सुनाए ।
‘संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने थियो । हामी आफ्नो पायक पर्ने धाराबाट सरकार बन्दा यसरी संविधानको संरक्षण हुँदैन । तपाईँ र म संविधानको एक युगसँगै काम गरेको व्यक्ति हौं,’ उनले भने, ‘तपाईँले मन नपराई नपराई यसो गर्नुभएको भने प्रमुख प्रतिपक्ष तपाईंहरुलाई साथ दिन तयार छ । तर, संविधानको बाटो हिँड्नुपर्छ । सिंगो प्रतिपक्ष समर्थन दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन