यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिन्छु : मुख्यमन्त्री पाण्डे
बिहीबार, २१ वैशाख २०८०, १४ : ५४

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका मुख्यमन्त्रीले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिने बताएका हुन् ।
‘गण्डकी प्रदेशमा यसअघि गठन भएका तीनवटै सरकारबाट प्रदेशलाई स्थापित गर्न प्रशस्त प्रयास भएका छन् । यसलाई निरन्तरता दिँदै जनअपेक्षा पूरा गरी सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछ,’ पाण्डेले भने ।
उनले प्रदेशवासीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न सहयोग गर्ने बताए । प्रदेशको समुन्नतिको लागि विगतका सरकारहरूले थालनी गरेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
घाइते हात्ती बस्ती नजिक आउन थाले
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा