नेविसंघको तालाबन्दीका कारण रामपुर क्याम्पसका परीक्षा स्थगित
चितवन । कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसमा लामो समयदेखि तालाबन्दी छ । विभिन्न माग राख्दै नेविसंघले तालाबन्दी गरेको हो ।
तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा सञ्चालन हुन सकेका छैनन् ।
अन्य क्याम्पसहरूमा तोकिएको तालिका अनुसार परीक्षा सञ्चालन भइरहेका बेला रामपुर क्याम्पसमा परीक्षा स्थगित गरिएको छ ।
समयमै परीक्षा हुन नदिएर विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको भन्दै स्ववियुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पठनपाठन र परीक्षालाई तत्काल सुचारू गर्नका लागि आवश्यक पहल गर्न अनुरोध गरेको हो ।
स्ववियु सभापति दिवस पौडेलले लामो समयदेखि तालाबन्दी नखुलेपछि प्रमुख जिल्ला अधिकारीलाई सहजिकरणका लागि अनुरोध गरिएको बताए ।
रामपुर क्याम्पसमा स्ववियु निर्वाचन पूर्वसन्ध्यादेखि पठनपाठन हुन सकेको छैन ।
गत चैत १० गते नेविसंघले पुनः स्ववियु निर्वाचनको माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको थियो ।
चुनाव निष्पक्ष हुन नसकेको भन्दै नेविसंघले पुनः निर्वाचनको माग राख्दै आएको छ ।
रामपुर क्याम्पसमा गत चैत १७ गते भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुको पुरै प्यानल निर्वाचित भएको थियो । उक्त निर्वाचनमा जम्मा खसेको १२० मतमध्ये अनेरास्ववियुका पौडेलले ११९ मत पाएका थिए ।
त्यसपछि नेविसंघले विरोध गर्दै २० चैतदेखि तालाबन्दी गरेको थियो । पुनः मतदानको माग राख्दै नेविसंघले क्याम्पसका मूल भवन तथा शैक्षिक भवनमा तालाबन्दी गरेको थियो ।
क्याम्पस प्रशासनले पटक पटक वार्तामा आउन आग्रह गर्दै आएको छ । तर, नेविसंघ वार्तामा आउन नचाहेको क्याम्पसले जनाएको छ । तालाबन्दी र वार्ता नहुँदा पठनपाठन अवरुद्ध हुनुका साथै परीक्षा समेत रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड