प्रदेश
गण्डकीका मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव
बिहीबार, २१ वैशाख २०८०, १४ : २९

कास्की । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाको बिहीबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।
सभामुख कृष्णप्रसाद धितालले अनुमति दिएसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।
सभामुख धितालले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन सो सम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।
मुख्यमन्त्री पाण्डे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले वैशाख १५ गते शपथ लिएका थिए । मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?