सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा बिस्तार

काठमाडौं । सन्राइज बैंकले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ ।
सोही क्रममा वैशाख १५ शुक्रबार बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१ औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा ए.टि.एम र १०२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा