आईसीसी वरीयतामा फखरको छलाङ
बिहीबार, २१ वैशाख २०८०, १२ : ०८

काठमाडौँ । पाकिस्तानका ओपनर फखर जमान आठ स्थान माथि उक्लिँदै आईसीसी एकदिवसीय ब्याटिङको वरीयतामा करियरकै उत्कृष्ट दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि पाकिस्तानकै कप्तान बाबर आजम रहेका छन् ।
न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृङ्खलामा जमानले रावलपिन्डीमा लगातार शतक बनाएका थिए । दुई खेलमा कप्तान बाबरले क्रमशः ४९ र ६५ रन बनाएका थिए । पहिलो एकदिवसीयमा २ सय ८९ रन पछ्याउने क्रममा फखरले १ सय १७ रन बनाएका थिए भने दोस्रो खेलमा उनले १ सय ८० रन बनाउँदा पाकिस्तानले ३ सय ३७ रन सफलतापूर्वक पछ्याएको थियो ।
यसअघि सन् २०२१ को अप्रिलमा उनी वरीयताको सातौँ स्थानसम्म पुगेका थिए । फखर दोस्रो स्थानमा उक्लिँदा दक्षिण अफ्रिका रासी भान डर डुसेन तेस्रो स्थानमा खस्किएका छन् भने भारतका शुभमन गिल चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
-
१० बजे १० समाचार : माधवलाई झलनाथको ‘काउन्टर’, ग्रे-लिस्टमा परेपछि बहस
-
एकीकृत समाजवादीले बैठकका निर्णय आइतबार सार्वजनिक गर्ने
-
एक वर्षमा ८६ पटक उडान अवरुद्ध
-
दार्चुलामा मध्यचमेलिया जलविद्युत् आयोजनाको शिलान्यास
-
कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु