सर्यो अमेरिकामा हुने नेफ्टा अवार्ड
बिहीबार, २१ वैशाख २०८०, ११ : ५९
काठमाडौँ । अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको मिति परिवर्तन भएको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड सरेर साउन ६ गते पुगे आयोजक चलचित्र प्राविधिक संघले जनाएको छ ।
नेफ्टा अध्यक्ष पुष्कर लामाले आवश्यक तयारी नपुगेकाले अवार्ड सारिएको बताए । अवार्डको अमेरिका आयोजक मध्येको एक फेम नेपालका प्रमुख विमल पछाइले नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत् र सफल तुल्याउन सकिने बताए ।
अवार्डको उत्कृष्ट पाँच मनोनयन वैशाखको अन्तिममा सार्वजनिक गरिनेछ । २०७९ सालभित्र प्रदर्शन भएका फिल्मलाई ४२ विधामा अवार्ड बाँड्ने अवार्ड यसअघि नेफ्टाका विदेशी संस्करणहरू युएई, मलेसिया, हङकङ र कतारमा आयोजना भएका थिए ।
अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु