रायमाझीविरुध्द पुर्जी, एमालेले भन्यो– छानबिनमा सघाउँछौ, राजनीतिक रङ्ग दिनुहुन्न

काठमाडौँ । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए ।
‘हामी छानबिनमा सघाउँछौ,घटनाको गहिराइमा पुग्नुपर्छ भन्ने नै एमालेको प्रारम्भिक धारणा हो’, उपमहासचिव ज्ञवालीले रातोपाटीसँग छोटो प्रतिक्रिया दिँदै भने, ‘दोषीहरू जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्छ ।’
उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन’ ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए ।
नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?