भिमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिहीबार, २१ वैशाख २०८०, १० : ०१

मकवानपुर । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । सो दुर्घटनामा परी पर्सौनी नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ ।
मृतक दुबैजनाको शव हेटौँडा अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रवादी गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक : महासचिव भुसाल
-
दर्शक भेट्न नेपाल आइन एन्जिला
-
तीनकुनेमा भेला हुन थाले राजावादी (तस्बिरहरू)
-
राजावादीलाई रिङ्गरोड भित्र छिर्न नदिन तीनकुनेको प्रमुख लेनमा प्रहरीको बार (तस्बिरहरू)
-
श्रीलङ्का र थाइल्यान्डको भ्रमणमा जाँदैछन् मोदी, के होला एजेन्डा ?
-
सालीसँग बिहे गर्न पत्नीको हत्या, यसरी बनेको थियो योजना