सहपाठीमाथि स्कुलभित्र गोली चलाउने किशोरले हत्याको सूची बनाएको खुलासा

सहपाठीमाथि कक्षाकोठा भित्रै गोली चलाउने सर्बियाका एक किशोरले आक्रमणका लागि केही हप्ता अघिदेखि योजना बनाएको र मार्ने व्यक्तिको सूचीसमेत बनाएको खुलासा भएको छ । यसबारे प्रहरीले जानकारी दिएको हो ।
मध्य बेल्ग्राडमा अवस्थित भ्लादिस्लाभ राब्निकार प्राथमिक विद्यालयमा बुधवार बिहान अन्धाधुन्ध गोली चलाए लगत्तै १३ वर्षीय छात्रलाई पक्राउ गरिएको छ । यसअघि आक्रमणकारी छात्रको उमेर १४ वर्ष बताइएको थियो ।
उक्त आक्रमणमा एक शिक्षकलगायत ६ जना घाइते भएका छन् । घटनाको कारण हालसम्म पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी अधिकारी हेलमेट र बुलेट प्रुफ ज्याकेट लगाएर घटनास्थल पुगेका थिए । घटना स्थानीय समयानुसार बुधवार बिहान ८ बजेर ४० मिनेटमा भएको हो ।
आक्रमणकारीले आफ्ना पिताको बन्दुक चलाएका थिए । यसको लाइसेन्स पनि थियो । हत्या गर्नुअघि उनी बुवासँग एक पटक भन्दा बढी सुटिङ रेन्जमा पनि गएको बताइन्छ ।
ती किशोरका आमा–बुवालाई पक्राउ गरिएको छ ।
राष्ट्रपति एलेक्जेन्डर भुसिचले यसलाई आधुनिक इतिहासको सबैभन्दा मुस्किल दिन भएको बताए । हमलापछि देशमा तीन दिनको शोकको घोषणा गरिएको छ ।
प्रहरीका अनुसार सन्दिग्ध व्यक्तिले एक महिना अघि आक्रमणको योजना बनाएका थिए र उनले आक्रमणका लागि बच्चाहरूको ‘प्राथमिकता सूची’ र सुरुमा कुन कक्षाकोठामा जाने भनेर पनि लेखेका थिए ।
अधिकांश पीडित सन् २००९ मा जन्मिएका थिए । अर्थात् घटनाका बेला १३ वा १४ वर्षका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
उपमहासचिवपछि वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पनि छाडे प्रभु साहको साथ
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु
-
पोखराको वायु प्रदूषण `रेड जोन´मा : उडान ठप्प, जनजीवन प्रभावित