सलाहले जिताए लिभरपुललाई
बिहीबार, २१ वैशाख २०८०, ०८ : ०९

काठमाडौं । जारी सिजनको इङ्लिस प्रिमियर लिगमा खासै गतिलो प्रदर्शन गर्न नसकेको लिभरपुलले आफ्नो पछिल्लो खेलमा भने सफलता हात पारेको छ । लिभरपुलले बुधबार राति खेलिएको खेलमा फुलहाममाथि १-० गोलको रोमाञ्चक जित हासिल ग-यो ।
घरेलु मैदानमा लिभरपुलको जितमा मोहमद सलाह नायक बने । प्रतिस्पर्धात्मक खेलमा लिभरपुललाई जित दिलाउन सलाहले निर्णायक गोल गरे । इजिप्टका ३० वर्षीय स्ट्राइकर सलाहले निर्धारित समयको ३९औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
उक्त जितसँगै लिभरपुल अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । हालसम्म ३४ खेल खेलेको लिभरपुलले ५९ अंक जोडेको छ । फुलहाम भने समान खेलबाट ४५ अंक जोडेर तालिकाको १० औं स्थानमा आसिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जादरानले तोडे च्याम्पियन्स ट्रफीको कीर्तिमान
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता