टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै
बिहीबार, २१ वैशाख २०८०, ०७ : ४२

काठमाडौँ । पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ ।
रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । उनमाथि थप अनुसन्धानका लागि चलिरहेको प्रहरीले जानकारी दिएको छ ।