समाचार
टोपबहादुरका छोरा सन्दीप बुटवलबाट पक्राउ
बुधबार, २० वैशाख २०८०, २२ : ००

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । सन्दीपलाई बुटवलबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।
सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोप छ । यससँगै शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ । यसअघि पक्राउ परेका ५० वर्षीय सानु भण्डारीले टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए ।