घर भाडामा छुट दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह
पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायीहरूलाई धैर्य नगुमाउन तथा घरधनीहरूलाई घर भाडामा सक्दो छुट दिन अनुरोध गरेको छ । पोखराको मुख्य बजार क्षेत्रकै सटर तथा कवलहरू खाली हुन थालेपछि संघले सो आग्रह गरेको हो ।
संघका महासचिव बलराम आचार्यद्वारा बुधबार जारी विज्ञप्तिमा बैङ्कको चर्को ब्याजदर,आर्थिक मन्दीका कारण व्यवसायमा आएको शिथिलताले पलायनको अवस्था ल्याएको र यो परिस्थितिबाट व्यवसायीहरूलाई जोगाउन राज्यले विशेष ध्यान दिनुपर्ने माग गरिएको छ ।
महासचिव आचार्यले यो विषयमा नेपाल घरभाडा सरोकार समितिसँग परामर्श गरेको जानकारी दिँदै भनेका छन्,‘माहुरीलाई पोलेपछि अर्को पटक मह प्राप्त हुँदैन । माहुरीलाई पालेर मह लिने हो । तसर्थ सङ्कटको यो बेला साबिकको घर भाडामा सम्भव भएसम्म छुट दिन,स्थिति सहज नहुँदासम्म बहाल नबढाउने सुनिश्चितता गर्न हामी घरधनीसँग आग्रह गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको दाबी : सावधानी र मिहेनतका साथ अध्यादेश ल्याएका हौँ
-
राष्ट्रपतिद्वारा तीन जनालाई गैरआवासीय राजदूत नियुक्त
-
एक वर्षमा देखियो ३६८ जनामा बाथरोग
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता