गठबन्धन बैठकमा आगामी वर्षको बजेटबारे छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो ।
छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आत्रारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमति गर्ने प्रयास भएको बताए ।
उनले भने, ‘२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा के कुरामा गर्ने भन्नेबारेमा छलफल भयो । बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो । यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने र बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने र बजेटका बारेमा पनि डेलिभरि गर्न सकिने बारेमा सम्बोधन गर्ने गरी बजेट ल्याउने बारेमा छलफल भयो । बजेट, बजेटपूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाका बारेमा छलफल भयो ।’
प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का
-
जनमत पार्टी र नागरिक उन्मुक्तिको एकता वैशाखमा
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?