समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : टोपबहादुर रायमाझी
‘म पनि छक्क परेँ, कानुनलाई सहयोग गर्छु’
बुधबार, २० वैशाख २०८०, १६ : ५८
काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । पक्राउ पुर्जी जारी भएपछि बुधवार अर्घाखाँचीको सन्धिखर्कमा पत्रकारहरुसँग बोल्नै उनले भने, ‘नक्कली शरणार्थी प्रकरणबारेमा मलाई त्यति थाहा छैन। यो कुरा सुनेर मलाई पनि आश्चर्य लागेको छ ।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने विषयमा मेरो कुनै किसिमको संलग्नता नभएको रायमाझीको दाबी छ । बरु आफू मन्त्री भएका बेला भुटानी शरणार्थी समस्या समाधानमा पहल गरेको उनले बताए।
‘भुटानी शरणार्थी समस्या समाधानमा हामीले काम गरेका थियौँ। सरकारमा हुँदा हामीले तीनवटा निर्णय गरेका थियौँ । भुटानी शरणार्थीहरूलाई दीर्घकालीन समस्या हल गर्ज रोजगारी सिर्जनाको प्रयत्न गर्ने कुरा भएको थियो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति
-
दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो
-
सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरू बनाउने तयारीमा छौँ : मन्त्री पौडेल
-
सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण
-
बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ
-
तस्बिरमा हेर्नुहोस् नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ