सचिव पाण्डे सिंहदरबार वृत्तको हिरासतमा रहने, ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार हिरासतमा राखिने भएको छ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सिंहदरबार वृत्तको हिरासतमा राख्न लागेको हो ।
उनी बुधबार राजधानीको पेप्सीकोलाबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट ३ दिनको म्याद लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनीबारे अदालतबाट म्याद लिइएसँगै पाण्डेमाथि थप अनुसन्धान सुरु भइसकेको बताए ।
उपराष्ट्रपति कार्यालयमा कार्यरत हुनुअघि पाण्डे गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहसँग मिलेमतो गरेको पाण्डेमाथि आरोप छ । आरोपीहरुले बयानका क्रममा उनको नाम पटक पटक मुछेको प्रहरी अधिकारीहरु बताउँछन् । प्रहरीको हिरासतमा हुनेहरूले सचिव पाण्डेलाई ५० लाख नगद बुझाएको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
-
रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन