प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा २५६७ औं बुद्धजयन्ती मनाइने

बुटवल । २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने जनाएको हो ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले विशेष समारोह अघि शुक्रबार बिहान ६ बजेदेखि ७ सम्म धार्मिक पूजा हुने जानकारी दिए । बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति ¥याली निकालिने उनको भनाइ छ ।
त्यस्तै बुद्धजयन्तीको अघिल्लो दिन वैशाख २१ गते बिहीबार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि मध्यरात १२ बजेसम्म महापरित्राण हुनेछ । बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर ‘हर्न निषेध’ गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । उनका अनुसार लुम्बिनी परिसरभित्र अब कुनै पनि सवारीसाधनले हर्न बजाउन पाउने छैनन् ।
वैशाख २२ गते पण्डितपुरदेखि बुद्धको अस्तधातु रहेको रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरिने भएको छ ।
कोषका अनुसार भगवान बुद्धको महत्त्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गरिने भएको छ ।
लुम्बिनी विकास कोषले २५६७ औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्याएको छ । लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको संख्यामा वृद्धि भएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा आगलागी अपडेट : पर्यटक सुरक्षित, अवस्था सामान्य बन्दै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुबाट भट्टको उम्मेदवारी घोषणा
-
करारमा कर्मचारी भर्ना गर्न गण्डकी सरकारले ल्याएको अध्यादेश मेरिट सिस्टम विपरीत : अध्यक्ष रेग्मी
-
सत्तारुढ दलकै छैन साथ, अध्यादेश पास गराउने तयारीमा सरकार
-
जसपा नेपालको महाधिवेशनले कहिले पाउला मान्यता ?
-
आवासीय चिकित्सकहरूलाई सरकारी सरह निर्वाह भत्ता दिन काठमाडौँ विश्वविद्यालयको निर्देशन