श्रीलंकाको स्थिति देखेर धेरै डराउँदा अर्थतन्त्रमा समस्या आएको अनुभूति भैरहेको छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास सङ्घको कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोखिमपूर्ण स्थितिमा रहेको बताएका हुन् । यस्तो स्थितिमा आइपुग्नुमा देशको अर्थतन्त्र टाट पल्टने डर मुख्य कारण भएको अध्यक्ष ढकालले बताए । ‘देशको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने डरले आयत रोक्दा राजश्व घाटेर समस्या उत्पन्न भएको हो । यद्यपि यतिबेला अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएको छ’ ढकालले भने ।
ब्याजदर घट्न लाग्दा अर्थतन्त्र चलायमान हुन लागेको संकेत देखिएको ढकालको भनाई छ । यस्तै, रेमिट्यान्स बढ्दै जानु र पर्यटन व्यवसाय चलायमान बन्न सुरु गर्नु नै महत्त्वपूर्ण बिषय भएको अध्यक्ष ढकालले बताए ।
जग्गाको कित्ता काट रोक्ने निर्णयले समेत अर्थतन्त्रमा समस्या आएको बताउँदै उनले जग्गा र घरको कारोबार घट्दा उठ्ने राजश्व ह्वात्तै घटेको र यसबाट समग्र अर्थतन्त्रमा समस्या देखिएको बताए । यद्यपि सरकारले जग्गाको कारोबार रोक्दा उत्पन्न भएको समस्या बारेमा बुझिसकेको उनको भनाई थियो ।
रसिया यूक्रेन युद्धका कारण समेत देशको अर्थतन्त्रमा समस्या थपेको ढकालले बताए । ‘नेपालको अर्थतन्त्रमा अहिलेको भन्दा नकारात्मक स्थिति आउने सम्भावना न्यून देखिन्छ । अहिले आउने समस्या आइसक्यो, अब धेरै समस्या नआउने मैले देखेको छु,’ ढकालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
-
सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो
-
बीआरआई अन्तर्गत ऋण सहायता लिन नहुने कांग्रेसको अडान छ : प्रवक्ता महत
-
अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेपछि इजरायली प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया