भारतीय क्रिकेटर मोहम्मदकी श्रीमतीकाे आराेप : राष्ट्रिय टोलीसँग यात्रा गर्दा यौनकर्मीसँग सम्बन्ध राखे

भारतीय क्रिकेटर मोहम्मद शमीकी श्रीमती हसिन जहांले सर्वोच्च अदालतमा याचिका दायर गरेर उनी विरुद्ध दाइजो मागेको र विवाहेत्तर सम्बन्ध बनाएको आरोप लगाएकी छिन् ।
हसिनले आफ्नो याचिकामा मोहम्मद शमीविरुद्ध दर्ता गरिएको आपराधिक मामिला चार वर्षदेखि लम्बिइरहेको पनि बताइन् । आफ्नो याचिकामा उनले क्रिकेटर मोहम्मद शमीमाथि अन्य थुप्रै गम्भीर आरोप लगाएकी छिन् ।
भारतीय राष्ट्रिय क्रिकेट टोलीसँग यात्रा गर्दा मोहम्मदले यौनकर्मीसँग सम्बन्ध राखेको पनि हसिनले दाबी गरिन् । मोहम्मदले भने हसिनको सबै आरोप खारेज गर्दै आएका छन् ।
हसिनले कलकत्ता उच्च अदालतको २८ मार्च २०२३ को आदेशविरुद्ध सर्वोच्च अदालतमा याचिका दायर गरेकी छिन् । उच्च अदालतले हसिन जहां र मोहम्मद शमीबीचको विवादमाथि स्थानीय सत्र अदालतको निर्णयलाई खारेज गर्न अस्वीकार गरेको थियो ।
सत्र अदालतले मोहम्मदविरुद्ध जारी गिरफ्तारी वारेन्टमा रोक लगाइदिएको थियो ।
आफ्नो २० पानाको याचिकामा हसिन जहांले मोहम्मद शमीले विवाहपछि दाइजो मागेको र विवाहपछि उनले लगातार यौनकर्मीसँग विवाहेत्तर सम्बन्ध बनाइरहेको आरोप लगाएकी छिन् ।
बिसिसिआईको तर्फबाट उपलब्ध गराइएको होटेलको कोठामा पनि मोहम्मदले यौनकर्मीको सेवा लिएको उनले दाबी गरेकी छिन् ।
हसिनले सबैभन्दा पहिला सन् २०१८ मा मोहम्मद शमीविरुद्ध घरेलु उत्पीडन, हिंसा र विवाहेत्तर सम्बन्धको आरोप लगाएकी थिइन् ।
सन् २०१८ मा कोलकाता प्रहरीको महिला अपराध शाखाले मोहम्मद शमी र उनका भाइ मोहम्मद हसिबसँग सोधपुछ गरेको थियो ।
अलिपुरको एक अदालतले मोहम्मद शमीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको थियो । यद्यपि, पछि यो वारेन्टमा ‘स्टे’ लगाइएको थियो ।
हसिन जहांले शमीमाथि म्याच फिक्सिङको आरोप पनि लगाएकी थिइन् । यद्यपि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि आफ्नो अनुसन्धानमा मोहम्मद शमीलाई क्लिन चिट दिएको थियो ।
यस वर्ष जनवरीमा कोलकाताको एक अदालतले मोहम्मद शमीलाई हरेक महिना हसिन जहांलाई ५० हजार भारु भत्ता दिन आदेश दिएको थियो ।
हसिनले मोहम्मद शमीसँग हरेक महिना १० लाख भारु गुजारा भत्ताको माग गरेकी थिइन् । यद्यपि, यसबारे निर्णय हुन बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान