उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
काठमाडौँ । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो ।
लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए । उनले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेकाहरूले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताए । उनले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए ।
पहिला दरखास्त भरिसकेकाहरूको डाटा सङ्कलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गरे । प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मङ्सिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि उनले बताए । प्रवक्ता सुवेदीले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए । उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साबिकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ ।
लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपी बढुवामा सिफारिस (सूचीसहित)
-
विश्वभर पुरुषहरूमा निःसन्तानपन बढ्नुको मुख्य कारण के हो?
-
पुष्पसदन टेबलटेनिसमा सेन्टमेरिज र डिलाईटको जित
-
बास्केटबलमा एक्सेल्सियरको दोहोरो जित
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, यी चार प्रदेशमा हिमपातको सम्भावना
-
यूएसएआईडीका दश हजार कर्मचारीको जागिर चट् पार्ने ट्रम्पको योजनामा अस्थायी रोक