अध्ययन भन्छ : जथाभाबी फालिएका टायर लामखुट्टे प्रजननको सबैभन्दा उपयुक्त थलो
काठमाडौं । सरकारले यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै हरेक शुक्रबार दश मिनेट सफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै सङ्क्रमण नबढ्दै सफाइ अभियान सञ्चालन गर्न खासगरी सरकारी कार्यालयहरुलाई निर्देशन दिएको हो ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कीटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले १ जनवरीदेखि हालसम्म ५२ जिल्लामा ५१६ डेंगुका केस रिपोर्टेड भएको जनाएका छन् ।
पछिल्लो समय गर्मी बढेसँगै डेंगुका केस पुनः देखिन थालेका छन् । त्यसैले, मन्त्रालयले वैशाख १४ गते सूचना जारीगर्दै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाइ अभियान अनिवार्य सञ्चालन गर्न अनुरोध गरेको छ । तर अभियान खासै व्यवहारिक नभएको जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।
डेंगु संक्रमण हुनसरकारी तथा सार्वजनिक कार्यालयहरूले कार्यालय हाताभित्र हप्तामा एक पटक दश मिनेट सरसफाइ अभियान राम्रो भएपनि नेपालको सन्दर्भमा पूर्ण सान्दर्भिक नभएको ईडीसीडीका पूर्व निर्देशक डा.बाबुराम मरासिनी बताउँछन् ।
गत वर्ष स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वय अभाव हुँदा डेंगु संक्रमण हालसम्मकै अधिक भएको थियो ।सन् २०२२ मा ५४ हजार ७८४ जनामा डेंगुको संक्रमण देखिएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
लामखुट्टेः सबैभन्दा बढी फालिएका टायरमा बस्ने
सरकारले डेंगु सङ्क्रमण गराउने एडिस जातको लामखुट्टेको वृद्धि र विकास जथाभावी फालिएका गाडीको टायरमा भएको पाइएको विभिन्न अध्ययनहरूले देखाएको छ ।
त्रिभुवन विश्वविद्यालयले गरेको एक अध्ययनमा विगतमा ललितपुर र काठमाडौंमा डेंगु सार्ने लामखुट्टे सबैभन्दा धेरै टायरमा बसेको पाइएको छ ।
मनसुन, प्रि मनसुन, पोष्ट मनसुनमा गरिएको सर्भेमा लाखुमट्टेले टायरमा सबैभन्दा धेरै फुल पारेको पाइएको छ ।
ललितपुर जिल्लामाप्रि मनसुनमाटायरमा २८.५७ प्रतिशत, मेटल ड्रम ३१.३४ प्रतिशत,प्लाष्टिक ड्रम ९.२२ प्रतिशत, प्लाष्टिक बकेट २०.२८ प्रतिशत, मड पट ५.९९ प्रतिशत, प्लाष्टिक पट ४.६१ प्रतिशतमा एडिस जातको लामखुट्टे ब्रिडिङ भएको पाइएको छ ।
ललितपुरमा मनसुनको समयमा फालिएका टायरमा ५८.८५ प्रतिशत,मेटल ड्रम ९.२० प्रतिशत, प्लाष्ट्रिक ड्रम ९.६४ प्रतिशत, मेटल कन्टेनर ३.५६ प्रतिशत,प्लाष्टिक बकेट १०.५० प्रतिशत, फलावर ०.९५ प्रतिशत, मड पोट ५.३८ प्रतिशत, सिमेन्ट ट्याङ्ककी ०.६१, प्लाष्टिक पोट १.३० प्रतिशतमा लामखुट्टेको व्रिडिङ छ । लगातार पानी परिरहेमा लामखुट्टेको फुल,लार्भा भने बगाएर लान्छ ।
यस्तै, ललितपुरमै पोष्टमनसुनमाफालिएका टायरमा६७.१२ प्रतिशत, मेटल ड्रम १८.०३ प्रतिशत, प्लाष्टिक ड्रम ६.३९ प्रतिशत मेटल कन्टेनर ३.४२, प्लाष्टिक बकेट १.८३ प्रतिशत, फ्लावर पटमा १.१४ प्रतिशत, मड पट १.३७ प्रतिशत, सिमेन्ट ट्याङ्क०.६८ प्रतिशतका दरले ब्रिडिङ भएको पाइएको छ ।
यस्तै काठमाडौंमा पनि प्रि मनसुन, मनसुन र पोष्ट मनसुनमा सबैभन्दा धेरै फालिएको टायरमै फुल पारेको पाइएको छ ।
काठमाडौंमा प्रि मनसुनमाफालिएका टायरमा ३९.८७ प्रतिशत, मेटल ड्रम ३२.२८ प्रतिशत, प्लाष्टिक ड्रम १.५८ प्रतिशत, मेटल कन्टेनर १२.६६ प्लाष्टिक बकेट ७.२८ प्रतिशत, फ्लावर पट३.१६प्रतिशत, मड पट २.५३ प्रतिशत, सिमेन्ट ट्याङ्कमा ०.६३ प्रतिशत ब्रिडिङ भएको पाइएको छ ।
काठमाडौंमा मनसुनमाफालिएका टायरमा ५४.४१ प्रतिशत, मेटल ड्रम ७.४८ प्रतिशत, प्लाष्टिक ड्रम १.५० प्रतिशत, मेटल कन्टेनर ९.४५, प्लाष्टिक बकेट १८.७३ प्रतिशत, फ्लावर पटमा ३.३५ प्रतिशत, मड पट ४.११ प्रतिशत, सिमेन्ट ट्याङ्क ०.६६ प्लाष्टिक पटमा ०.४९ प्रतिशत ब्रिडिङ भएको पाइएको छ ।
काठमाडौंमा पोष्ट मनसुनमाफालिएका टायरमा ५७.९४ प्रतिशत, मेटल ड्रम ८.२४ प्रतिशत, प्लाष्टिक ड्रम २.६५ प्रतिशत मेटल कन्टेनर ९.४१, प्लाष्टिक बकेट १३.२४ प्रतिशत, फ्लावर पटमा ४.७१ प्रतिशत, मड पट २.६५ प्रतिशत, सिमेन्ट ट्याङ्कमा १.१८ प्रतिशत ब्रिडिङ भएको पाइएको छ ।
सन् २०१० मा सङ्क्रमण दर ह्वात्तै बढेर ९१७ जना सङ्क्रमित भएका थिए । त्यसको ९ वर्षको अवधिमा सङ्क्रमण दर निरन्तर देखिए पनि सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यस वर्ष १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए ।
सिंहदरबारमा राखिएका टायर मर्मत गर्ने स्थानका टायरलाई विस्थापन गरियो भने डेंगु सार्ने एडिस जातको लामखुट्टे धेरै घटाउन सकिने ईडीसीडीका पूर्व निर्देशक मरासिनीले बताए ।
मरासिनीका अनुसारदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक १० मिनेट डेंगु फैलन नदिनका लागि सफाइ अभियान चलाएका थिए ।त्यसबेला पानी जम्ने स्थान,ढलदेखि फालिएका टायरहरू हटाइएको थियो ।
नेपाल डेंगुका लागि कोलम्बिया ?
नेपालमा विगत १९ वर्षदेखि डेंगुका बिरामी देखिन सुरु भएको हो । हरेक वर्ष डेंगु प्रकोपको रुपमा नफैलिएपनि तीन/चार वर्षको बीचमा सङ्क्रमण देखिने गरेको छ ।
ईडीसीडीको आकडाअनुसार सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः २००६ देखि २००९ सम्म वर्षेनी सरदर १० देखि ३२ जना सङ्क्रमित भए ।
सन् २०१० मा सङ्क्रमण दर ह्वात्तै बढेर ९१७ जना सङ्क्रमित भएका थिए । त्यसको ९ वर्षको अवधिमा सङ्क्रमण दर निरन्तर देखिए पनि सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यस वर्ष १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए ।
सन् २०२२ मा डेंगु संङ्क्रमण प्रकोपको रुपमा देखिएकाले आगामी दिनमा स्वास्थ्य मन्त्रालयले एडिस जातको लामखुट्टेको बिडिङ रोक्नमन्त्रालयगत नियम बनाउन अनिवार्य रहेको डा.मरासिनी सुनाउँछन् ।
नेपालमा डेंगु फैलाउने लामखुट्टे पुराना टायरमा सबैभन्दा धेरै वृद्धि विकास भएको पाइएकाले पुराना टायर व्यवस्थापनसम्बन्धी ऐन बनाएर कार्यान्वयन गराउन सकिए डेंगु संङ्क्रमणलाई धेरै कम गर्न सकिने मरासिनी बताउँछन् । उनका अनुसार डेंगु सङ्क्रमण हुनबाट बच्न विदेशमा टायरसम्बन्धी ऐन बनाएका छन् ।
स्वास्थ्य मन्त्रालयसँगै अन्य अन्तरमन्त्रालय मिलेर पुराना टायर व्यवस्थापन गर्नेसम्बन्धी ऐन बनाएर लागू गर्नुपर्छ । नेपालमा पनि टायर बाहिर राख्नेलाई कारवाही जरिवानासम्बन्धी नियम बनाउनु पर्ने बेला आएको उनले बताए ।
दक्षिण अमेरिकाको कोलोम्बियासन् १९८९ पछि डेंगुबाट प्रभावित भइरहेको छ । टायर व्यवस्थापन नगरिए नेपाल पनि कोलोम्बियाकै बाटोमा छ ।
कोलोम्बियामा डेंगु प्रकोपले सताउँदा विश्व विद्यालयदेखि उद्योग कलकारखाना बन्द गर्नुपर्ने, पर्यटकहरू घुम्न नजाँदा त्यहाको अर्थतन्त्रमा नै असर गरेको थियो । कोलोम्बिया अहिलेसम्म पनि डेंगुबाट पीडित रहेको मरासिनीको भनाई छ ।
एडिस जातिको लामखुट्टे फैलिनलाई कोलोम्बियाको भन्दा भौगोलिक बनोट नेपालको झन् चुनौतीपूर्ण रहेकाले भविष्यमा झन् समस्या आउने सक्ने उनको जिकिर छ । विगतका आँकडालाई नजरअन्दाज गर्दा यस वर्ष डेंगु सङ्क्रमण कम हुने देखिन्छ । तर जोखिम कम भनेर बस्न नहुने डा. मरासिनीको भनाइ छ ।
पानी परेपछि अन्य भाँडामा भन्दा खुल्ला स्थानमा राखेको टायरमा पानी लामोेसमयसम्म जम्ने भएकाले डेंगु सङ्क्रमण गराउने लामखुट्टे अनुकुलित वातावरण हुन्छ । अन्य खुल्ला भाँडामा जस्तो लार्भा र लामखुट्टेलाई भ्यागुता लगायतले नखाने हुँदा कुप्रोपरेको टायरमा वृद्धि विकासका लागि राम्रो वातावरण हुने डा मरासिनी बताउँछन् ।
डा मरासिनी अगाडि भन्छन्, ‘काठमाडौंमा जताततै खुल्ला ढल छ । यहाँ टायर, मेटल ड्रमको स्थिति त्यस्तै छ । सिंहदरवारभित्र टायरको चाङ छ । यस्ता कुरामा ध्यान नदिएरहप्तामा एकपटक १० मिनेटको सफाइले केहीपनि हुँदैन ।’
निगरानी प्रणालीको अभाव
सबैभन्दा पहिलाडेंगु सार्ने प्रजाति निश्चित बातावरणमा मात्रै बस्ने भएकाले अनुकुलको बातावरण विरुद्ध पत्ता लगाएर सम्बन्धित निकाय लागि पर्नुपर्ने इपिडिमियोलोजिस्ट डा सञ्जय ढकाल बताउँछन् ।
‘टायरमा पानी जमेपछि लामखुट्टे बस्ने वातावरण अनुकुल हुन्छ ।’ उनले भने,‘टायर निश्चित ठाउँमा गएर रिसाइकलविन गर्नुपर्छ ।तर, त्यस्तो हुन सकेको छैन ।’
यस्तै, डा ढकालका अनुसारकाठमाडौंमा लामो समयसम्म सडकमा राखिएको फोहोरले पनि लामखुट्टे वृद्धि गर्न सहयोग गरेको छ । डेंगु सङ्क्रमण हुँदा ६० प्रतिशत केश लक्षणविहीन हुने भएकाले सन् २०२२मा डेंगु प्रकोपमा करिब ५५ हजार मात्रै सङ्क्रमित नभएर काठमाडौैमा मात्रै ६ लाख भन्दा धेरै सङ्क्रमित भएको उनको जिकिर छ ।
वर्षेनी किनडेंगु सार्ने लामखुट्टे बढेको छ भनेरअध्ययन हुनु आवश्यक रहेको खाँचो उनले औल्याए । अहिले जलवायु परिर्वतनले लामखुट्टेका लागि अनुकुलन वातावरण बन्दै भएको छ । यस्तै, प्रकोपजन्य रोगको निगरानी प्रणाली अर्थात् तत्काल गरिने सर्भिलेन्स सिस्टम नहुँदा जटिल बन्ने उनको भनाइ छ ।
डा ढकालका अनुसार ईडीसीडीले गर्दै आएको सर्भिलेन्सले तत्कालको अवस्थाबारे जानकारीदिंदैन । मानौ गत आइतबार डेंगुको केश देखियो तरकेन्द्रमा रिर्पोटिङ अर्को आइतबारसम्म हुन्छ । रोगसम्बन्धी सम्बन्धित निकायसम्म पुग्न अझै ढिलाई हुन्छ ।केन्द्रसम्म रिपोर्टिङ हुँदासम्म स्थानीय तहमा सङ्क्रमण भई प्रकोपको रुपमा फैलने सम्भावना हुन्छ । त्यसैले प्रकोपको रुपमा फैलिने रोगको बारेमा तत्काल रिपोेर्टिङ गर्ने व्यवस्था हुनुपर्छ ।
सर्भिलेन्स र रिपोर्टिङबाट समुदायमा देखिएका लामखुट्टेका प्रकारहरूको अध्ययन गरी सोहीअनुसार योजना बनाएर सुरुवाती अवस्थामै डेंगु सार्ने लामखुट्टेलाई खोज र नष्ट अभियान, जनचेतना फैलाएर बढ्ने काममा तदारुकता देखाउनुपर्ने डा ढकाल बताउँछन् ।
वर्षासँग घनिष्ट सम्बन्ध
पूर्व निर्देशक डा. बाबुराम मरासिनी वर्षा र तापक्रमको घनिष्ट सम्बन्ध हुने भएकाले यस वर्ष पनि डेंगु सङ्क्रमण बढ्न सक्ने अनुमान लगाउँछन् ।
पानी पर्ने रोकिने, पुनः पानी पर्ने भएमा डेंगु सार्ने एडिस जातको लामखुट्टे बिडिङका लागि वातावरण अनुकुल हुने गर्छ ।
डा. मरासिनीका अनुसार एक/एक हप्तामा पानी पर्योभने व्यापक रुपमा फैलन्छ । एक हप्तामा लामखुट्टे हुर्किन्छ, टोक्छ । फेरिआएर फुल पार्छ । पानी नपरी सुख्खा भयो भने फुलपार्न सक्दैन, कम हुँदै जान्छ । त्यसैले,डेंगु सार्ने लामखुट्टेको वर्षासँग घनिष्टसम्बन्ध हुन्छ । यस्तै दिनदिनै पानी पर्यो भने फुल बगाएर लाने सम्भावना हुन्छ । लामखुट्टेले वृद्धि विकास कम हुन्छ ।
जति धेरै पानीको स्रोत हुन्छ,डेंगुको जोखिम उत्तिकै हुन्छ । उपत्यका बाहिर हरेक वडामा कहीँकुवा,धारा, पानी जम्ने खाल्डाखुल्डी, पानी पोखरी, ट्याङ्क्की छन् । त्यहाँ एडिस जातको लामखुट्टे पुग्यो भने डेंगु वृद्धि हुन सक्छ ।
एडिस जातको लामखुट्टले सफा जमेको पानी फेलापार्ने वित्तिकै सन्तान उत्पादन गर्न सुरु गर्छ । एक सय दिनसम्म कम्तिमा १५ डिग्री तापक्रम कायम रहेमा लामखुट्टेको फुलबाट वयस्क बनेरडेंगु सार्ने गर्छ ।
नेपालमा १५ दिन भन्दापनि कम समयमा एडिस जातको लामखुट्टेले फुल पारेको हो कि भन्ने शंका उत्पन्न भएको जनस्वास्थ्य विज्ञहरूको अनुमान छ । यद्यपि, यसबारे अनुसन्धान भएको छैन ।
गाउँघरमा मकै काटेर सानो प्वाल परेको ढोडमा पानी जम्दा त्यहाँ एडिस जातको लामखुट्टेले फुल पारेमा पनि गाउँभरि नै डेंगु फैलिन सक्ने जोखिम हुने डा मरासिनी बताउँछन् ।
यस्तै, गाउँमा बाँस काट्दा आँख्लाभन्दा माथिबाट काट्ने चल्न हुन्छ । त्यसरी काट्दापानी जम्ने भएकाले त्यहाँ एडिस जातको लामखुट्टे बसेको खण्डमा जोखिम बढ्छ ।
यस्तै, हावा आएका बेलामा छाना उडाउँछ भनेर ससाना सुकुमबासी बस्तीका छानामा टायर राख्ने चलनलेडेंगुको जोखिम छ ।
यस्तै भवन तथा घर बनाउँदा अनिवार्य रुपमा जालीसहितको झ्याल ढोका राख्ने नियम नभएकाले डेंगुका सङ्क्रमण उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट मैदान बाहिर युवकलाई कुटेको आरोपमा दुई जना पक्राउ
-
जाडोमा स्विमिङ गर्न सकिने ‘रिफ्रेस रिक्रिएसन सेन्टर’ सञ्चालनमा, ९ करोड लगानी
-
‘अब हाँस्छ अमेरिका २’ सँगै ‘अब सुन्छ अमेरिका’ आयोजना हुने
-
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
-
लामिछानेको निलम्बनको विषयमा सभामुख घिमिरे छलफलमा
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी