साउदी अरब गएको भन्दै पीएसजीले गर्यो मेस्सीलाई निलम्बन

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको छ ।
क्लबको अनुमति नलिइ एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।
फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेलपछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरब गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो । अब निलम्बनको समयमा मेस्सीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।
क्लबका अनुसार मेस्सीले दुइ साता खेल खेल्न मात्र हैन, अभ्यास गर्न पनि पाउने छैनन । मेसी साउदी अरबको पयर्टनदूतको भूमिकामा छन् ।
अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भइरहेको बेला मेस्सी साउदी अरब गएका हुन् ।
मेस्सीका चीर प्रतिद्वन्दी क्रिस्टियानो रोनाल्डो पनि अहिले साउदी अरबकै क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकममा साउदी क्लबले अनुबन्धित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु